Monday, August 29, 2016
Monday, August 22, 2016
अभिभावक छलफल सम्पन्न
कर्णाली एजुकेशन फाउन्डेसनको कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक विद्यालय प्रशासन र शिक्षकबिच छलफल सम्पन्न भएको छ । विद्यार्थीको पठन पाठनमा देखिएका समस्या र तिनको समाधानमा केन्द्रित छलफलले अभिभावक, शिक्षक, विद्यार्थी तथा प्रशासन सबै पक्षले एक भएर लागिपर्ने कुरामा सहमति गर्यो ।

Sunday, August 21, 2016
कर्णालीमा ‘अक्षर सप्ताह’
कर्णाली एजुकेशन फाउन्डेसनमा नेपाली हस्ताक्षर सप्ताह सुरु भएको छ । विद्यार्थीको नेपाली हस्ताक्षरमा सुधार ल्याउने उद्देश्यका साथ भदौ ५ गते आइतबारबाट सबै कक्षामा नेपाली अक्षर सुधार प्रयास आरम्भ गरिएको छ । अक्षर सप्ताहबाट विद्यार्थीको नेपाली लेखाइमा सुधार आउने विश्वास गरिएको छ ।

Friday, August 19, 2016
प्रिय विद्यार्थी, तिमी नोकर होइन, मालिक बन । तर मलाई शङ्का छ, कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन ?
तिमी आफै पढ्दैनौ तिमीलाई 'पढ' भन्नु पर्छ ,तिमी आफै लेख्दैनौ तिमीलाई 'लेख' भन्नु पर्छ । तिमी आँफै सबेरै उठ्दैनौ तिमीलाई 'सबेरै उठ' भन्नु पर्छ । तिमी आँफै अनुशासनमा बस्दैनौ तिमीलाई 'अनुशासनमा बस' भन्नु पर्छ । सधैं आदेश दिइराख्नु पर्ने नोकरलाई हो मालिकलाई होइन, सधैं बटन थिची राख्नुपर्ने मेसिनको हो मान्छेको होइन, मान्छेले विवेकले पनि काम गर्नुपर्छ ।
मेरो अनुरोध,
प्रिय विद्यार्थी, तिमी नोकर होइन मालिक बन । जुन विद्यार्थीलाई आफू मालिक हुँ भन्ने थाहा हुन्छ उसलाई कसैले 'पढ'भन्नु पर्दैन ऊ आफै पढ्छ ,उसलाई कसैले 'लेख' भन्नु पर्दैन ऊ आँफै लेख्छ । उसलाई कसैले 'सबेरै उठ' भन्नु पर्दैन , ऊ आँफै सबेरै उठ्छ , उसलाई कसैले 'गृहकार्य गर' भन्नु पर्दैन ऊ आफै गृहकार्य गर्छ । किनकि मालिकलाई थाहा हुन्छ 'आज म जे गर्दैछु त्यो अरु कसैको लागि होइन,मेरा लागि गर्दैछु ।'
जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी मालिक बन्न सक्दैन, उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर जसलाई स्कुल लेभलमै मालिक बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी अरूको दास बन्दैन, ऊ अाफ्नो जीवनको मालिक
आँफै बन्छ ।
प्रिय विद्यार्थी, तिमी आज कसैको लागि होइन आफ्नो लागि पढ्दै छौ । तिमी एक पटक आँफैले आँफैलाई हेर त ,अब तिमी बच्चा छैनौ र तिमी पशु पनि होइनौ यसर्थ आफ्नो लगाम अरुको हातमा नदेऊ,आफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय देऊ ।

Govinda Puri
Thursday, August 18, 2016
प्राथमिक तह सुधार वर्ष २०७३
प्राथमिक तह सुधार वर्ष २०७३
कर्णाली एजुकेशन फाउन्डेसन यस क्षेत्रको शैक्षिक इतिहासमा नयाँ आयामका रूपमा स्थापित भइसकेको छ ।
अभिभावकको सकारात्मक सुझाविने आईएसए (अन्तर्राष्ट्रिय स्कुल अवार्ड) प्राप्त गर्नु स्थानीय उपलब्धि मात्र मान्न सकिन्न ।
, विद्यालय सञ्चालकको स्पष्ट दृष्टिकोण, पेसाप्रति निष्ठावान् शिक्षक–कर्मचारीको संयुक्त प्रयासले आज विद्यालयले स्थानीय मात्र नभई जिल्ला तथा समग्र मुलुकभरमै आफ्नो छवि कायम राख्न सफल भएको छ । उच्च माध्यमिक तर्फको परीक्षामा पूर्वाञ्चलकै उदाहरणीय नतिजा प्राप्त गर्नु र विद्यालयले अन्तर्राष्ट्रिय रूपमा प्रदान गर
राष्ट्रको शैक्षिक नीतिभित्र रही नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको शैक्षिक तथा तहगत उद्देश्य परिपूर्तिमा निरन्तर लागि पर्दै स्वदेश तथा विदेशमा समेत बिकाउ हुने मानव संशाधन उत्पादन गर्नु यस संस्थाको मूल उद्देश्य हो । त्यस्तै एककाइसांै शताब्दीको नागरिक बन्न आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नु संस्थाको लक्ष्य हो । निर्धारित उद्देश्य पूर्तिका लागि विद्यालयले विद्यार्थी केन्द्री शिक्षण विधिको अङ्गीकार गर्दै आएको छ । त्यसै गरी शिक्षणमा प्रविधिको प्रयोग तथा खोज अनुसन्धानद्वारा शिक्षण गर्ने नीति अपनाएको छ ।
विद्यालयले अपनाएको शिक्षण सिकाइ क्रियाकलापका कारण यस विद्यालयबाट प्रवेशिका उत्तीर्ण अधिकांश विद्यार्थीले उच्च शिक्षातर्फ अब्बल दर्जाको नतिजा प्राप्त गरेका छन् । यस विद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विश्व विद्यालयहरूमा मेधावी छात्रका रूपमा स्थापित भएका छन् । यस क्षेत्रका शिक्षाप्रेमी अभिभावकको परामर्श तथा सुझावकै कारण विद्यालय यो स्थानमा आइपुग्न सफल भएको हो । आगामी दिनमा समेत अभिभावक, बुद्धिजीवी तथा शिक्षाप्रेमीहरूको सकारात्मक परामर्श निरन्तर रहिरहने कुरामा हामी विश्वस्त छौं। यहाँहरूको सकारात्मक सुझाव नै विद्यालय र विद्यार्थीको सर्वाङ्गीण विकासको कारक हो भन्ने हाम्रो ठहर छ ।

कुनै पनि संस्था समृद्ध बन्न त्यसको सर्वाङ्गीण पक्षको सुधार हुनु आवश्यक छ । कुनै एक पक्षको मात्र सुधार हुनुले संस्थाको गुणात्मकता दर्साउँदैन । यसै सत्यलाई आत्मसात गर्दै विद्यालयले शैक्षिक सत्र २०७३ लाई प्राथमिक तह सुधार वर्षका रूपमा घोषणा गरेको छ । यस अन्तरगत प्राथमिक तहको पाठ्यक्रम, बाल मनोविज्ञान तथा शिक्षण विधिका विषयमा विद्यालय प्रशासन र शिक्षकहरू बिच निरन्तर छलफल र अन्तरक्रिया आयोजना गर्ने गरिएको छ । त्यसै गरी सम्बन्धित तहका लागि शिक्षण विधि, शिक्षण सहजीकरण एवं पाठयोजनाको समेत कार्यान्वयन गर्ने प्रयास गरिएको छ ।
प्राथमिक तह सुधार वर्ष घोषणा भएको तिन महिना पुरा भएको छ । यस अवधिमा विद्यार्थीको उपलब्धि स्तर निकै उच्च भएको हामीले पाएका छौ । कतिपय अभिभावकले समेत यस वर्षको कार्यक्रमको प्रभाव प्रत्यक्ष अनुभव गरिसक्नुभएको छ र सकारात्मक सन्देशहरू प्राप्त हुन थालेका छन् । यसले हामीलाई हौस्याएको पनि छ ।
यस कार्यक्रमलाई सफलीभूत पार्न शिक्षकहरू कम्मर कसेर लागिपर्नुभएको छ । तर विद्यालयले अङ्गीकार गरेको योजना पूर्ण रूपमा कार्यान्वयन गर्न विद्यालय प्रशासन र शिक्षकमात्र सक्षम हुँदैनन्, अभिभावक तथा स्थानीय शिक्षासेवीको निरन्तर सहयोग आवश्यक पर्दछ ।
तसर्थ यस विद्यालयले घोषणा गरेको प्राथमिक तह सुधार वर्ष २०७३ सफल बनाउन निरन्तर परामर्श प्रदान गरिदिनुहुन आदरणीय अभिभावक, शिक्षासेवी, बुद्धिजीवी लगायत सम्पूर्ण स्थानीय वासीमा हामी अनुरोध गर्दछौं ।

Subscribe to:
Comments (Atom)